भोजपुर क्याम्पसमा पठनपाठन सुचारु गर्न विद्यार्थीको दवाब, समस्याको समाधन नभए आन्दोलनमा जाने चेतावनी


भोजपुर २१ फागुन ।
बन्द रहेको भोजपुर बहुमुखी क्याम्पसको पठनपाठन सुचारु गर्न माग राख्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्याम्पस कमिटि भोजपुरले ध्यानकर्षण पत्र बुझाएको छ । गत १६ गतेबाट आंशिक शिक्षकले करार माग राख्दै ‘पेन डाउन’ गरेपछि ठप्प भएको पाठनपाठनलाई तत्काल निरन्तरता दिन विद्यार्थीले दबाव स्वरुप ध्यानकर्षण पत्र बुझाएका हुन् ।

ध्यानकर्षण पत्र मार्फत अबको दुई दिन भित्र समस्याको समाधान गरि पाठनपाठनलाई सुचारु गर्न माग गरिएको छ ।यहि सो समय भित्र पनि समस्याको समाधान नगरे आन्दोलनमा जाने र त्यसको जिम्मा क्याम्पस प्रशासन स्वयमले लिनु पर्ने समेत उल्लेख गरिएको छ ।

क्याम्पस कमिटिका अध्यक्ष प्रताप तामाङले हस्ताक्षर गरेको ध्यानकर्षण पत्रमा विद्यार्थीको भविष्यमा खेलवाड भइरहेकाले आन्दोलनरत शिक्षकहरुलाई वैकल्पिक बाटो खोज्न समेत अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार