रमाउँदै घर फर्किए चीनबाट उद्धार गरिएकाहरु


काठमाडौ,२० फागुन । चीनबाट उद्धार गरी नेपाल ल्याइएकाहरुलाई घर फर्काउन थालिएको छ । सोमबार आएको रिपोर्टमा १ सय ७५ जनामै कोरोना भाइरस ९कोभिड९१९०को संक्रमण नभएपछि उनीहरुलाई घर पठाइएको हो । खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको प्रयोगशाला परीक्षणमा कोभिड९१९ को संक्रमण नेगेटिभ देखिएको हो । १६ दिन क्वारेन्टाइन बसाइँपछि घर फिर्न पाउँदा उनीहरु निकै खुसी देखिन्थे । आजको कान्तिपुर दैनिकमा खबर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार