गाँजामा प्रतिवन्ध नलगाउन भन्दै संसदमा दर्ता भयो विधेयक


काठमाडौं,१९ फागुन । पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले गाँजासम्बन्धी गैरसरकारी विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् । ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’मा गाँजामा औषधीय गुण हुने भएकाले यसमा प्रतिबन्ध लगाउन नहुने उल्लेख छ ।गाँजा खेतीमा लगाइएको प्रतिवन्ध फुकुवा भएमा यो आर्थिक समृद्धिको आधार हुने सांसद तामाङले बताए ।

गाँजा निर्यात गरी आयआर्जन बढाउन सकिने उनको भनाइ छ । उनले गाँजाको प्रतिवन्ध फुकुवा भएमा ८० प्रतिशत युवा विदेशबाट स्वदेश फर्किने दाबीसमेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार