भोजपुरमा वडा सदस्यकी श्रीमती मृत भेटिइन्


भोजपुर,१९ फागुन ।
भोजपुरको अरुण गाउँपालिका ६ जरायोटारमा एक महिला मृत फेला परेकी छिन् । ६ नं वडाका वडासदस्य अर्जुन राईकी श्रीमती ४७ वर्षीय रमादेवी राई आइतबार दिउँसो घरमा झुण्डीएको अवस्थामा मृतफेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

राईलाई आफ्नै घरको टाडीमा झुन्डिएको अवस्थामा श्रीमानले मृतफेला पारेको प्रहरीले जनाएको छ ।आत्माहत्या गर्नुको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।मृतक राईको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याईएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार