शिक्षकको आन्दोलनका कारण भोजपुर क्याम्पसको पठनपाठन ठप्प


भोजपुर, १९ फागुन ।
भोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकहरुले करार माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठन पाठन ठप्प भएको छ । क्याम्पसमा करार दर्वन्दी रिक्त हुँदा समेत आंशिक शिक्षकलाई करारमा लैजान वेबास्ता गरेको भन्दै शिक्षकहरुले पठनपाठन ठप्प पारेका हुन् ।
गत ११ गते ध्यानकर्षण पत्र बुझाएको भएपनि १६ गतेबाट भने ‘पेन डाउन’ गरेर पठनपाठन ठप्प पारेका हुन ।शिक्षकहरुको आन्दोलनका कारण शिक्षा लिनबाट बन्चित भएकाले समस्याको समाधान गरेर नियमित पठनपाठनको वातावरण बनाई दिन विद्यार्थीहरुले माग गरेका छन् ।क्याम्पसका विद्यार्थी प्रताप तामाङले भने ‘शिक्षकहरुको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ, गत ११ गतेबाट पढाई भएको छैन्, हाम्रो क्याम्पस आउने जाने काम मात्र भइरहेको छ ।’आन्दोलनरत शिक्षकहरुले भने विज्ञप्ती मार्फत आफूहरुलाई करारमा नियुत्त नगरे सम्म आन्दोलन जारी रहने जनाएका छन् ।
आन्दोलनरत शिक्षकका प्रबक्ता पदम कार्कीले भने ‘हामी अहिले दैनिक ज्यालादारीमा काम गरिरहेका छौ, क्याम्पसमा करारका पदहरु रित्त छन् तरपनि हामीलाई करारमा लैजान क्याम्पस प्रशासनले मानिरहेको छैन, यसबाट हाम्रो वौद्धिक शोषण भईरहेको छ ।’आंशिक शिक्षकहरुले राखेको मागको विषयमा माथिल्लो निकायसंग पहल भइरहेको क्याम्पस प्रशासनले जनाएको छ । आन्दोलनरत प्रध्यापकसंग वार्ता गर्ने तयारी भईरहको जनाइएको छ ।
क्याम्पसका निमित्त क्याम्पस प्रमुख निलमणी भटट्राईले भने‘ आंशिक शिक्षकरु करारको माग राख्दै आन्दोलनमा हुनुहुन्छ, त्यसको विषयमा क्याम्पस प्रमुखले केन्द्रिय कार्यालयमा जानकारी गराउनु भएको छ, उहाँ अहिले पनि काठमाण्डौमा भएकोले म यहाँ वार्ता गरेर पठनपाठनको वातावरण बनाउने तयारीमा छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार