भोजपुरको गोगनेमा ७०० जनाको निःशुल्क स्वस्थ्य परिक्षण


भोजपुर, १८ फागुन ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका –८ गोगनेमा निःशुल्क स्वस्थ्य शिविर मार्फत ७०० जनाले स्वास्थ्य सेवा पाएका छन् । नोबेल मेडिकल कलेज विराटनगरको आयोजना तथा वडाको प्रायोजनमा भएको शिविरमा ४१३ महिला र २८७ पुरुषले सेवा लिएका हुन् ।

शिविरमा २३ जना डाक्टरहरुद्धारा फिजिसीयन, स्त्रीरोग, बालरोग, छाला रोग, मानसीक रोग, हाडजोर्नी तथा नशा रोग, सल्यक्रिया, न्युरो सर्जरी, दन्त रोग संगै नाक कान घाँटीको परीक्षण गरीएको थियो ।

स्थानीय स्तरका नागरिकलाई आफ्नै ठाउँमा सेवा दिने उद्धेश्यले शिविर सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । स्वस्थ्य सेवा लिनको लागि जिल्ला अस्पताल तथा जिल्ला भन्दा बाहिर जानु पर्ने अवस्थामा आफ्नै ठाउँमा सेवा लिन पाउँदा समयसंगै खर्चको पनि बचत भएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार