स्थानीयबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित मोटरबोट (पानी जाहाज) सञ्चालनमा आएको छ । स्थानीयबासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो । सप्तकोशी टुरीजम एण्ड वाटर ट्रान्स्पोटेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीका अनुसार नयाँ सहमति अनुसार चतराबाट धनकुटाको साँघुरीगढी गाउँपालिकाको संखुवा सम्मको भाडा रु. ३०० बाट २५०, चतराबाट सहिदभूमी गाउँपालिकाको त्रिवेणी सम्मको भाडा रु.३५० बाट रु. ३०० र चतराबाट हुतवागढी –९ हसनपुरको सिम्ले/हलेदे नदी किनार आसपासका स्थानीयको भाडा रु.४०० र अन्य क्षेत्रबाट आउने यात्रुको भाडा (रु.५००) पहिलाकै यतावत राखिएको छ । स्थानीयले विभिन्न माग राख्दै जेटबोट सञ्चालनमा अवरोध गरेपछि सेवा बन्द भएको थियो । स्थानीयसंग सहमति भएपछि गत सोमबारबाट नियमित सेवा सञ्चालनमा आएको हो । सप्तकोशी नदीमा ४ ओटा कम्पनीका ७ ओटा जेटबोट सञ्चालनमा रहेका छन् । सो स्थानमा विहान ७ बजेबाट साँझ ५ बजे सम्म प्रहरी चेक पोष्ट रहने सहमति समेत भएको छ ।
चल्न थाले सप्तकोशीका जेटबोट, भाडा पनि घट्यो..
-
भोजपुरको खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु
-
भोजपुरको खोक्सिकमा दोस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सुरु
-
कार्तिक ३ गतेबाट बृहत्त हतुवागढी महोत्सव हुने
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा
-
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण