नि:शुल्क स्वास्थ्य शिबिरबाट २ सय ४१ जनालाई सेवा प्रदान


भोजपुर १० फागुन ।
दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिने लक्ष्यले नेपाली सेना फष्ट रैफल गण भोजपुरले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । सेनाले भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ पाचधारेमा विशेषज्ञ डाक्टर सहितको टोली लगेर स्थानीयलाई स्वास्थ्य सेवा दिएको हो । शिविरबाट १ सय ४२ महिला, ९६ जना पुरुष र ३ जना अपांग गरी गरि २ सय ४१ जनाले सेवा लिएका छन् । सेनाको पहलमा आफ्नै गाउँघरमा स्वास्थ्य जाँच गराउन पाएपछि स्थानिय हर्षीत भएका छ ।

सेना दिवस २०७६ को अवसरमा एक दिने सिविरको आयोजना गरिएको हो । सिविरबाट बालबालिका, बृद्ध, बृद्धा तथा युवाले समेत सेवा लिएका छन् । उपचारका लागि बाहिरी जिल्ला जाँदा ठूलो खर्च लाग्ने तथा समय संगै पैसाको पनि बचत भए पछि स्थानिय सुखी भएका छन् ।  कमजोर आर्थिक अवस्था तथा चेतनाको अभावका कारण उपचारबाट बञ्चीत भएका नागरिकलाई सिविरले राहत मिलेको फष्ट रैफल गण भोजपुरका मेजर सन्तोष राउतले जानकारी दिए । सदरमुकाम सम्म स्वास्थ्यको पहुँच नपुग्ने नागरिकलाई सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार