टेम्केमैयुङ मुन्धुम अल्ट्रा ट्रेल रेस २०२० चैत्र २९ मा हुने


भोजपुर ६ फागुन ।भोजपुरमा  टेम्केमैयुङ मुन्धुम अल्ट्रा ट्रेल रेस २०२० हुने भएको छ । पर्यटन वर्ष सन २०२० लाई प्रवर्धन गर्ने उदेश्यका साथ रेसको आयोजना गरिएको हो । आगामी चैत्र २९ गते हुने ट्रेलको विषयमा आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । ३६ किलोमिटरको ट्रेल टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ तीम्मा सुम्लीखा स्कुल देखि वडा नम्बर ९ पाँचधारे सम्म गरीने आयोजक संस्था रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमी भोजपुरका सचिव संग्रम राईले जानकारी दिए ।

प्रतियोगीतामा प्रथम, दोस्रो, र तेस्रो हुने महिला तथा पुरुष धावकले क्रमश २५ हजार, २० हजार, १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् त्यस्तै चौथो हुनेलाई १० हजार प्रमाण पत्र पाउने छन् भने उद्यमान धावकले ५ हजार मेडल र प्रमाण पत्र पाउने आयोजकको भनाई छ ।

त्यस्तै ४० वर्ष माथी प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश १० हजार, ८ हजार, ५ हजार मेडल र प्रमाण पत्र पाउने छन् । टिम तर्फ भने प्रथम, दोस्रो र तेस्रो हुनेले १० हजार, ८ हजार, ५ हजार ट्रफि पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार