यशोधरा मावि भोजपुरकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित


भोजपुर, ३ फागुन
गत वर्षको माध्यमिक शिक्षा परिक्षा (एसइइ)मा सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नजिता ल्याउने भोजपुरको यशोधरा माध्यमिक विद्यालयलाई सम्मान गरिएको छ । जिल्लाकै सामुदायिक विद्यालय तर्फ उत्कृष्ट भएकोले विद्यालयलाई  आवाल ब्रहमाचारी षडानन्द प्रतिष्ठानले शनिबार काठमाण्डौमा एक कार्यक्रमका विच सम्मान गरेको हो । षडानन्दको १८५ औ जन्मजयन्ती तथा पतिष्ठानको १२ औं बार्षिक उत्सबको अवसरमा विद्यालयलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको विद्यालयका प्रध्यानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार