भोजपुरका सांसद सुदन किराती आक्रोस : राँची लानुपर्ने मान्छेलाई प्रेस सल्लाहकार बनाउनु प्रधानमन्त्रीको गल्ती


काठमाडौं, ३ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका नेकपा केन्द्रीय सदस्य सूर्य थापालाई उनको पद र जिम्मेवारीबाट बर्खास्त गरिनुपर्ने बताउँदै जनयुद्धलाई स्वीकार गर्न नसक्ने भए पार्टी फुटाउन चुनौती दिएका छन्। साथै उनले ‘जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाउँदै शोषणका निम्ति पार्टी एकता गरेको हो रु’ भनि प्रश्नसमेत गरे। जनयुद्ध दिवस अर्थात् फागुन १ गतेको एक टेलिभिजनसँगको अन्तर्वार्तामा जनयुद्धको महिमा गाउन र जनयुद्ध दिवस मनाउनका लागि पार्टी एकता नगरेको अभिव्यक्ति थापाले दिएका थिए।

शनिबार विहान राजधानीमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा किरातीले थापाको भनाईप्रति संकेत गर्दै भने, ‘यो त अति भयो, त्यसो भए जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाई राषट्रको शोषण गर्न मात्र पार्टी एकता गरेको होरु जनयुद्धको स्वामित्व नलिने तर जनयुद्धले ल्याएको गणतन्त्र नेपालको बालुवाटारमा बसेर हुँकार छोड्ने रु’ प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि नै प्रेस सल्लाहकारको दाबी  ओली सरकार हरेक कोणबाट सफल माओवादी पृष्ठभूमिका किरातीले कार्यक्रममा आक्रोश पोख्दै थापालाई जनयुद्धलाई स्वीकार गर्न नसके पार्टी फुटाउन चुनौतीसमेत दिए। ‘सूर्य थापा मालिक र जनता दास हो रु जनयुद्धलाई इन्कार गर्ने हो भने सूर्य थापाले पार्टी फुटाएर देखाए हुन्छ’, उनले भने ‘सूर्य थापासँग मात्र होइन, अब यो बिषय पार्टी र प्रधानमन्त्रीसँग पनि जोडिन्छ।

राँची लानुपर्ने मान्छेलाई सल्लाहकार बनाएर गल्ती भएकोप्रति प्रधानमन्त्रीले माफि माग्नुपर्छ र तत्काल त्यो जिम्मेवारीबाट सूर्य थापालाई बर्खास्त गर्नुपर्छ। त्यसो नगरे देश, सरकार र पार्टीले गम्भीर क्षेति बेहोर्नु तयार हुनुपर्छ।’ कार्यक्रममा किरातीले धैर्यताको सीमा टुट्न लागेको बताउँदै सहने शक्ति समाप्त भइसकेको समेत बताए। पार्टीको निर्णयअनुसार नेकपाले विभिन्न कार्यक्रमहरु आयोजना गरि फागुन १ लाई २५ औं जनयुद्ध तथा जनआन्दोलनका सहिद स्मृति दिवसका रुपमा मनाइरहँदा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने जनयुद्धको भारी बोक्न र महिमा गाउनका लागि पार्टी एकता गरेको होइन भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए। थाहा खबरमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार