भोजपुरमा पनि मनाइयो २५ औं जनयुद्ध दिवस


भोजपुर, १ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी भोजपुरको आयोजनामा २५ औं जनयुद्ध दिवसको अवसरमा  भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । शुक्रबार डाँडा स्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । कार्यक्रममा जिल्ला स्तरिय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

त्यस्तै रामप्रसादराई गाउँपालिकामा पनि कार्यक्रम सम्पन्न भएको छ । २०५२ फागुन १ गतेबाट तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीले मुलुकमा आमुल राजनीतिक परिवर्तनका लागि भूमिगत रुपमा सशस्त्र जनआन्दोलन चलाएको थियो । त्यसको उपलब्धि आज जनताद्वारा शासित धर्म निरिपेक्ष राष्ट्र बनेको छ । राजनीतिक परिवर्तनमार्फत समतामुलक एवं समृद्ध नेपालको परिकल्पना गरेर विगतमा विभिन्न राजनीतिक संघर्षहरुको पूर्णता, दश वर्षे जनयुद्ध र दोश्रो जनआन्दोलन पछि प्राप्त भएको अहिलेका राजनीतिक दलहरुले ठानेका छन् ।

अहिले मुलुक त्यहि बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र बनेको छ । अहिले हामीले तीनै शहीदहरुको बलिदानले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र सार्वभौम जनताको हैसियतले उपभोग गरिरहेका छौं । दश वर्षे जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेकोमात्र होईन, २ सय ४० वर्षे एकात्मक शासन व्यवस्थालाई समेत अन्त्य गरि दिएको छ । ती शहीदहरुलाई पनि भुल्नु हुँदैन जसले मुलुकलाइ नयाँ व्यवस्थामा लैजान आफ्नो प्राणको आहुती दिए । त्यहि बलिदानका कारण अहिले मुलकमा नेपाली जनताद्वारा लेखिएको संविधान जारी भएको छ । यसकालागि हजारौं जनताले आफ्नो बलिदान दिएका छन्, सयौं घाइते र अपाङ्ग भएर बसेका छन् । देशमा आमुल परिवर्तन आएको छ र यो सम्भव ती तमाम नेपाली जनताको हो जसले हरेक तवरबाट जनयुद्धलाइ सहयोग गरे ।

अहिले समावेशिता, समतामुलक राज्य व्यवस्थामा देश अघि बढेको छ । मुलुकुको शासन व्यवस्थामा महिलाको पहुँच पुगेको छ । चुलो चौकोमा मात्रै सिमित महिलाहरु अहिले राज्यका हरेक अंगमा ३३ प्रतिशतका हिस्सेदार बनेका छन् । दलित, जनजाती, पिछडा वर्ग, मुस्लिम, अल्पसंख्यक लगायतलाई आरक्षण मार्फत प्रशासनिक निकायमा पहुँच पुर्याइएको छ । पछिल्लो उपलब्धिका हिसाबले हेर्ने हो भने, राज्यव्यवस्थालाई तीन तहमा विभाजन गरिएको छ । स्थानीय, प्रादेशिक र केन्द्र सरकारको परिकल्पना अनुसार गाउँ गाउँमा राज्यव्यवस्था पुर्याइएको छ । यो व्यवस्था अनुसार अहिले जनता सानो कामका लागि काठमाडौं नै धाउनु पर्ने समस्या झन्झटबाट मुक्त भएका छन्र ।

अहिले देशमा स्थिर सरकार छ । जसका कारण विकासका कामहरुले गति पाउने आँकलन गर्न सकिन्छ । राणाशासन होस्, पञ्चायती व्यवस्था होस् वा राजतन्त्रमा प्रत्यक्ष रूपमा जनताको मौलिक हक अधिकार हनन भएको थियो । तर अहिले जनताले आफ्नो वाक स्वतन्त्रा पाएका छन् । उनीहरु देश चलाउनेहरुलाई खबरदारी गर्न सक्छन् । यो एउटा ठूलो उपलब्धि हो जनताले पाएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार