भोजपुरमा तन्नाको पासो लाग्दा बालिकाको मृत्यु


भोजपुर, १ फागुन ।
भोजपुरमा तन्नाको पिङ बनाएर खेल्ने क्रममा पासो लागेर बालिकाको ज्यान गएको छ । विहिबार टेम्केमैयुङ गाउँपालिका– ७ बतासे बस्ने भाईराज राईकी ९ वर्षीया छोरी निशाना राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पिङ बनाएर खेलिरहेको बेला अचानक बालिकाको घाँटीमा तन्ना बेरिएको र परिवारका सदस्य घरमा नभएकाले उनको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवराज राजवंशीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार