भोजपुरमा १६ वर्षीय युवक मृत भेटिए


भोजपुर,२९ माघ ।
भोजपुरमा एक ब्यक्ती मृत अवस्थामा फेला परेका छन् । भोजपुरको षडानन्द नगरपालिका –९ किमालुङको भैसे बस्ने धर्म सिं तामाङका १६ वर्षीय छोरा दिल बहादुर तामाङ मृत अवस्थामा फेला परेका छन् । मानसिक सन्तुलन गुमाएका तामाङ आफ्नै घर नजिकै रहेको धाराको पानी जमेको आहालमा घोप्टो परेको अवस्थामा फेला परेका हुन् । तामाङको शवलाई कानुनी पक्रीया पुरा जिल्ला अस्पतालमा खाँदबारीमा पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार