न्यायशिल असल शासन क्लव भोजपुरद्धारा छात्रवृत्ति वितरण


भोजपुर,२९ माघ ।
न्यायशिल असल शासन क्लव भोजपुरले आफ्नो स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण गरेको छ । मंगलबार क्लवले १८ वर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरेको अवसर पारेर भोजपुर नगरपालिका अन्तर्गतका ४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत चार जना गरिब तथा असहाय बालबालिकालाई छात्रवृत्ति वितरण गरेको हो ।
क्लवले ज्ञानोद्धय प्राथामिक विद्यालय भैसीपंखामा कक्षा ३ मा अध्ययनरत प्रमेश राई, जनज्योती प्राथिमिक विद्यालय दावा दुम्छामा कक्षा १ मा अध्ययनरत प्रमीला तामाङ, सरस्वती आधारभुत विद्यालय पोखरेमा कक्षा ५ मा अध्ययनरत श्रीतु भुजेल र पञ्जकन्या प्राथामिक विद्यालय पालुवामा कक्षा २ मा अध्ययनरत जित बहादुर रोक्कालाई प्रतिव्यक्ति दुई हजार ३३० रुपैंयाका दरले छात्रवृत्ति वितरण गरेको हो ।
भोजपुर नगरपालिका भरीका सरकारि विद्यालयहरुबाट सिफारीस भएर आएका, सरकारी सेवा सुविधा लिन नसकेका, बावु आमाको हेरचाहबाट वञ्चित  आर्थिक कारणले अध्ययन गर्न नसकेका बालबालिकालाई लक्षित गरी वर्षेनी क्लवले छात्रावृत्ति वितरण गर्दै आएको क्लवका अध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।
क्लवले आफ्नौ १७ औं स्थापना दिवसको अवसर पारेर विभिन्न व्यक्ति तथा संघ संस्थाहरुको सयोगमा स्थापना गरेको एक लाख दुई हजार ५०० को न्यायशिल अक्षय कोषको व्याजबाट छात्रावृति वितरण गर्दै आएको छ । यो वर्ष नगरपालिका भरीका २० वटा विद्यालयबाट ३९ जनाको नाम सिफारीस भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार