पौवादुङ्मा गाउँपालिकाले महिला लक्षित लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने


भोजपुर, २३ माघ । भोजपुरको पौवादुङ्मा गाउँपालिकाले गाउँपालिका भित्रका महिला दिदीबहिनीलाई शैक्षिक स्तरमा उकास्ने लक्ष्यका साथ लोक सेवा आयोगको कक्षा सञ्चालन गर्ने भएको छ ।

गाउँपालिका भित्रका ११ जना महिला दिदीबहिनीलाई चालु आर्थिक वर्षको बजेट, निति तथा कार्यक्रम अनुसार कक्षा सञ्चालन गर्ने तयारी गरेको हो । जस अनुसार लोक सेवा आयोग, शिक्षक सेवा आयोग र त्रिवि सम्बन्धन आयोगको तयारीका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको हो । गाउँपालिकाले अधिकृत तहका लागि २९ हजार, सुब्बाका लागि २४ हजार र खरिदारका लागि १९ हजार खर्च गर्ने गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

यस अघि पनि गाउँपालिकाले पालिका भित्रका दिदीबहिनीलाई सक्षम बनाउने उदेश्यले ढाका बुनाई, कोकटी बुनाई सिलाई कटाई लगाएतका सिपमुलक तालिम सञ्चालन गरेको छ । त्यस्तै गाउँपालिकाले युवाहरुलाई स्वरोजगार बनाउनका लागि १ सय जना युवाहरुलाई सिकर्मी, डकर्मी, प्लम्बींग, इलेक्ट्रीशियन लगाएतका तालिम सञ्चालन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार