भोजपुरमा पुन निमार्ण प्राधिकरणका कर्मचारी घुस सहित रंगेहात प्रक्राउ( भिडियो सहित )


भोजपुर १० माघ ।
भोजपुर, १० माघ । निमार्ण प्राधिकरण भोजपुरका कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पुन निमार्ण प्राधिकरण अन्तरगत भोजपुर नगरपालिकामा कार्यरत सब- इन्जिनियर प्रकाश तिवारीलाई घुस लिँदै गर्दा अख्तियारले रंगेहात पक्राउ गरेको हो । सब-इन्जिनियर तिवारीलाई शुक्रवार ६ हजर घुस सहित भोजपुरको प्रधान होटल एण्ड लजबाट अख्तीयारले पक्राउ गरेको हो ।

इन्जिनियर तिवारी भोजपुर नगरपालिका ७ डाडा गाउमा रहेको प्रधान होटलमा घुस रकम लिन पुगेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी स्याम सारु मगरको नेतृत्वको टोलीले त्यही होटलबाट रंगेहात पक्राउ गरेको हो । नक्सा बनाए बापतको रकम लिएको आरोपी तिवारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार