भोजपुरमा विपत लेखाजोखा सम्वन्धी ३ दिने तालिम शुरु


भोजपुर ७ माघ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरको आयोजनामा ३ दिने विपत प्ररारम्भीक लेखा जोखा सम्वन्धी तालिम शुरु भएको छ । विपत पर्नेसाथ गरिने क्षेतिको लेखा जोखा र प्रभावितलाई पर्ने तत्कालिन सहयोगको पहिचान गर्ने उदेश्यकाले तालिमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भोजपुरले जनाएको छ । भोजपुर सदरमुकाममा माघ ७ गतेबाट शुरु भएको तालिम ९ गते सम्म सञ्चालन हुने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरका कार्यक्रम संयोजक तेज श्रेष्ठले बताए । तालिममा ६ जना महिला तथा १८ जना पुरुष गरि जम्मा २४ जनाको सहभागिता रहेको छ । नेलाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरका सभापती तुल बहादुर सुव्वाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार