भोजपुरमा पर्यटन पर्वद्धनका लागि मुख्यमन्त्रीको उपस्थितिमा कार्यक्रम हुने


भोजपुर, ४ माघ ।
यहि फागुन १३ र १४ गते टेम्केमैयुङ गाउँपालिकामा ”टेम्केमैयुङ मुन्दुम पर्यटकीय सांगीतिक महोत्सव २०७६” हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि गाउँपालिकाको आयोजनामा पर्यटकीय सांगीतिक महोत्सव हुने गाउँपालिकाले जनाएको छ । कार्यक्रम मार्फत चलचित्र, साहित्य, सांगितिक, खेलकुद, पर्यटन, खेलकुद क्षेत्रका अग्रज एक/एक जनालाई सम्मान गरिने गाउँपालिकाको भनाईछ ।

गाउँपालिकाको ८ लाख लागतमा अन्नपूर्णमा हुन लागेको महोत्सवको प्रमुख अथिति प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई रहने जनाईएको छ । महोत्सवको लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ । सो अवसरमा गणेश रसिक एकल साँझ समेत हुने जनाइएको छ । कार्यक्रमका विषयमा पत्रकार सम्ममेलन मार्फत जानकारी गराउदै गाउँपालिका अध्यक्ष ध्रुवराज राईले यसले नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउन सहयोग पुग्ने बताए ।

अध्यक्ष राईले भने‘नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउन कार्यक्रमको आयोजना गरिएको हो,यसले हाम्रो गाउँपालिका क्षेत्रको पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा समेत सहयोग पुग्ने आशा गरेका छौ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार