भोजपुरको हतुवागढीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका घोडेटार स्थित प्राथमीक स्वस्थ्य केन्द्र ( पिएचसी ) भवनमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दूईदिनै शिविरबाट गाउपालिका जम्मा ११ सय ७० जना भन्दा धैरैले निःशुल्क स्वास्थ्य चेक जाज गरेका छन् । हतुवागढी गाउँपालिकाको आयोजना तथा बी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बिशेष सहयोगमा र भोजपुर सुनसरी सेवा समाज, रोट्रायाक्ट अफ धरान घोपा, रोटरी क्लब अफ धरान घोपाको प्रबिधिक सहयोगमा बी.पी. क्याम धरानमा कार्यरत दक्ष चिकित्सकहरुको सहभगितामा यही पौष महिनाको १८ देखि १९ गते उक्त स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा विशेषज्ञ चिकित्सकद्धारा छाला, नाक, कान, आ“खा, हार्डजोर्नी सम्बन्धी परिक्षण, आङग खस्ने समस्याको प्रतिरोधात्मक उपचार, परामर्श तथा अप्रेशन, स्त्री रोग परिक्षण ९पाठेघरको जा“च र परामर्श० गर्नुका साथै बालरोग, जेनेरल मोडिसनको सेवा उपलब्ध दिइएकौ डा दैवराज घिमिरैलै बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार