भोजपुरमा करणी अभियोगमा वडा सदस्य पक्राउ


भोजपुर, ७ पुस।
जबर्जस्ती करणी गरेको अभियोगमा जनप्रतिनिधि पक्राउ गरेका छन् । भोजपुरको हतुवागढी गाउँपालिका – ६ हुम्सुमा २४ वर्षीय युवतीलाई करणी गरेको अभियोगमा सोही वडाका वडा सदस्य ३८ वर्षीय बालकुमार राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । गत मंसिर १५ गते पीडितले आफू माथी करणी गरेको भनि दिएको उजुरीको आधारमा बालकुमारलाई पक्राउ गरेको प्रहरीको भनाइछ । अदालतबाट जबरजस्ती करणीमा मुद्धा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार