७ हजार घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टचारको मुद्धा


काठमाडौं,७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात हजार रुपैयाँ घुस लिएको आरोपमा मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको छ । सीआरभी केशलियामार्ग विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक दाहालले सेवाग्राहीसँग विभिन्न खाद्य सामग्री ढुवानीमा सहजीकरण गरिदिने भन्दै सात हजार रुपैयाँ घुस लिएको अनुसन्धानको क्रममा पाइएपछि मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार