सिद्धबाबालाई फेरि तीन दिनको म्याद थप


विराटनगर ,७ पुस । जिल्लम अदालत सुनसरीले बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ । मंसिर १६ गते पक्राउ परेका गिरीलाई पाँचै पटक तीन दिन थुनामा राख्ने अनुमति दिएको हो ।सोमबार जिल्ला अदालत सुनसरीले थप तीन दिन थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार