पञ्चकन्या माविको ६४ औं वार्षीक उत्सव सम्पन्न (फोटो फिचर)


भोजपुर,२९ मंसिर ।
भोजपुरको पौवादुङमा गाउँपालिका –३ च्याङ्ग्रेमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयको ६४ औं वार्षीक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अथिति तथा संघिय सांसद सुदन  किरातीले शैक्षिक विकासमा सवैको ध्यान जान आवश्यक रहेको धाराणा राखे । राईले दिनानुदिन सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको बताउदै, सरोकारवाला पक्षसंगै अभिभावक तथा शिक्षक यसमा गम्भिर हुनु पर्नेमा जोड दिए । राईले भने‘ पछिल्लो समय सरकारी विद्यालयको गुणस्तर खस्कदो छ, सरकारले लगानी गरे अनुसारको उपलब्धि हासिल हुन सकेको छैन, यसमा उच्च राजनितिक नेतृत्व, स्थानीय सरकार देखि शिक्षक, अभिभावक सवैको ध्यानदिन आवश्यक छ ।’
त्यस्तै राईले शिक्षा क्षेत्रको बृहत्तर विकासका लागि राष्ट्रिय संकल्प सहितको कार्ययोजनाको आवश्यक रहेको समेत बताए । राई भने‘ हामीले नै सरकारी शिक्षालाई कमजोर बनाइरहेका छौ, आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पठाउनुको सट्टामा निजी विद्यालयको मात्र भर पर्छौ , अब सरकारी शिक्षाको गुणस्तर बृद्धि गर्न नेता, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, सवैले सरकारी विद्यालयमा छोराछोरी पठाउनु पर्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष किरण राईले शिक्षाको विकासमा स्थानीय सरकार लागि परेको बताए । अध्यक्ष राईले भने‘ गाउँपालिका भित्र रहेका विद्यालयका विद्यार्थीलाई जाडोका कारण पठन पाठनमा समस्या भएकोले मानेडाडा,सुप्ला,च्याङग्रे,तिवारी भन्ज्याङ,हिले भन्ज्याङ र श्यामशिलामा रहेका विद्यालयलाई ज्यानो कपडा वितरण गर्ने गाउँपालिकाको तयारी रहेको छ ।’
साथै उनले गाउँपालिका भित्रका सवै विद्यालयलाई नमुना विद्यालय बनाउने तयारी समेत रहेको जानकारी दिए। राईले भने‘ ।यस बिद्यालयको कमप्युटर भवन निर्माण गरेका छौ, यसले प्राबिधिक शिक्षामा महत्वपूर्ण सहयोग पुगेको छ, त्यसैले अबका दिनमा नमुना बिद्यालय बनाउन र शैक्षिक गुणस्तर बृद्धि गराउन गाउसभाबाट निति तथा कार्यक्रमहरु पास गरेर काम थाल्ने तयारीमा छौ । कार्यक्रम मार्फत विद्यालयका प्रधानाध्यापक रामकुमार राईले आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । राईले विद्यालयको एक करोड ६९ लाख १० हजार ६७३ आयर ब्याय एक करोड ६२ लाख ७९ हजार रहेको जानकारी दिए । त्यस्तै कार्यक्रम मार्फत विद्यालयमा सस्थापक सदस्य तथा विद्यालयको शैक्षिक विकासमा सहयोग गर्ने व्यक्ति ब्यक्तित्वलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार