जिल्ला प्रहरी कार्यालय भोजपुरको नवनिर्मित कार्यालय भवन उद्घाटन


भोजपुर २९ मंसिर ।  जिल्ला प्रहरी कार्यालय भोजपुरको नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, व्यारेक तथा मेशको उद्घाटन गरिएको छ । ४ करोड ८२ लाख ८ हजार ८७७ रुपैया लागतमा कार्यालय भवन बनेको हो । प्रथम चरण अन्तर्गत कार्यालय भवन निमार्णका लागि २०७४ साल जेठ २८ गते जिल्ला प्रहरी कार्यालय भोजपुर र किराँतेश्वर– ओम जाम्बियोङ जेभि बिच सम्झौता भएकोमा २०७६ जेठ २८ गते निमार्ण सम्पन्न भएको हो ।

आईतवार एक कार्यक्रमका बिच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कार्यालयको उद्घाटन गगरेका जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नर बहादुर सलामी मगरले जानकारी दिए । त्यस्तै दोस्रो चरण अन्तर्गत कार्यालय प्रमुख निवास, व्यारेक भवन, मेश तथा शौचालग भवन ४ करोड ३३ लाख ५१ हजार ३६४ रुपैंया लागतमा जिल्ला प्रहरी कार्यालय भोजपुर र एस.विए मार्सेली जेभि बिच २०७५ जेठ २८ गते सम्झौता भएको मा २०७६ भाद्र २२ गते निमार्ण सम्पन्न भएको हो ।

त्यस्तै सोहि कार्यक्रम मार्फत पूर्व प्रहरी जेष्ठ नागरीक प्रहरी जवान डिक बहादुर तामाङलाई दोसल्ला र कदर पत्रद्धारा सम्मान गरिएको छ भने भवनलाई गुणस्तरीय ढंगले समयमै समयमा सम्पन्न गर्ने निमार्ण व्यवसायी श्याम श्रेष्ठ र लाक्पा शेर्पालाई कदर पत्रद्धारा सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार