खोटाङमा मुस्ली प्रहारबाट एक जनाको मृत्यु


खोटाङ । आपासी विवादका क्रममा कुटाकुट हुँदा खोटाङमा एक जनाको मृत्यु भएको छ । बिहीबार राति भएको झगडाका क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थान गैरीगुठका २४ वर्षीय रमेश राईको मृत्यु भएको हो हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले तल्लोचिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईको समूहले टाउकोमा मुस्ली प्रहार गर्दा गम्भीर घाइते भएका राईको प्राथमिक उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार