भोजपुरमा निशुल्क आँखा तथा कान जाँच शिविर सम्पन्न


भोजपुर २७ मंसिर ।  भोजपुरमा निशुल्क आँखा शल्यक्रिया सहितको ३ दिने बृहत आँखा तथा कान जाँच शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ आँखा तथा कान उपचार केन्द्रभोजपुरको आयोजना तथा विराटनगर अँखा अस्पताल रानीको प्राविधिक सहयोगमा भएकोशिविर मार्फत ६०१ जनाले आँखा तथा कान जाँच गराएका छन् । जसमा ८६ जनाकोमोतीयाविन्दुको सल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजयतामाङले जानकारी दिए । । शिविर मार्फत शल्यक्रिया निशुल्क गरिएको हो भने चस्मा रऔषधी सुफत मुलयमा दिइएको प्रमुख तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार