वडा कार्यालयमा भएको आगजनीको विषयमा पौवादुङमा गाउँपालिकाद्धारा विज्ञप्ती जारी


भोजपुर, २५ मंसिर ।
वडा कार्यालयमा भएको आगजनीको विषयमा भोजपुरको पौवादुङमा गाउँपालिकाले विज्ञप्ती जारी गरेको छ । वडा –३ च्याङ्ग्रेमा अज्ञात समूहले आगजनी गरेको प्रति गाउँपालिकाले भत्र्सना गरेको हो । गाउँपालिकामा रहेको जनताको सम्पती माथी भएको आगजनी प्रति गाउँपालिकाले घोर निन्दा गरेको छ । गाउँपालिका कार्यबाहक अध्यक्ष सम्झना राईद्धारा जारी विज्ञप्तीमा भनिएको छ, आम जनताको घरदैलोबाट सेवा दिने र स्थानीय सरकारको रुपमा रहेको गाउँपालिका र जनताको सम्पतीमाथी भएको आगजनी जस्तो अपराधिक कार्यप्रति यस गाउँपालिका घोर निन्दा एंव भत्र्सना गर्दछ । यस्ता अवाञ्छनीय क्रियाकलाप गर्ने ब्याक्ति, समूह जो कोहीलाई पनि छानवीन गरी दोषीउपर कारवाही गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गरादछौ । साथै यस घटनाबाट अलिकति पनि विचलित नभई सेवा प्रवाह गर्ने प्रण गर्दछौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार