भोजपुरमा अज्ञात समूहद्धारा दुई वडा कार्यालयमा आगजनी


भोजपुर, २५ मंसिर ।
भोजपुरमा दुई वडाकार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् । रामप्रसादराई गाउँपालिका –२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा –३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । पौवादुङमा –३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टीतेल छर्केर कागज पत्र, कुर्सी, फर्नीचर, लगाएतका सामग्रीमा आगजनी भएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् । वडा कार्यालयको ढोका ह्याक्सोले काटिएको छ । यता रामप्रसादराई गाउँपालिका वडा –२ को कार्यालय भने पुर्णरुपमा ध्वस्त रहेको स्थानीयले बताएका छन् । घटनाको जानकारी पाउन साथ प्रहरी सो स्थान तर्फ गएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार