हाइब्रिड गाडी आयातमा दिइएको भन्सार छुट सुविधा खारेज


काठमाडौं ,२० मंसिर। सरकारले आर्थिक ऐनमार्फत हाइब्रिड गाडीको आयातमा दिएको छुट सुविधा खारेज गरेको छ । आर्थिक ऐन २०७६ मा उल्लेख भएको छुट सुविधालाई छोटो समयमै हटाइएको हो ।भन्सार उपशीर्षक ८७०३.६० र ८७०३.७० मा राखिएका सवारी साधनको आयातमा लाग्ने भन्सार महसुल र अन्तःशुल्कमा दिइएको ५० प्रतिशत छुट सुविधा खारेज गरिएको अर्थ मन्त्रालयका सहसचिव उदयराज सापकोटाले जानकारी दिए । पेट्रोलियम इन्जिन र विद्युतीय मोटर दुबै जडान भई दुईमध्ये एकको शक्तिबाट गुड्न सक्ने र विद्युतीय शक्तिको बाह्य स्रोतबाट ब्याट्री चार्ज गर्न मिल्ने सवारीलाई सरकारले हाइब्रिडको परिभाषामा राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार