करेन्ट लागेर युवकको मृत्यू


पाल्पा, १९ मंसिर ।
पाल्पाको निस्दी गाउँपालिका ५ गल्धा बेलौजेमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । विद्युत लाईन परिक्षणको क्रममा करेन्ट लागेर धादिङ बेनिघाट रोराङ्ग गाउँपालिका ४ का २५ वर्षिय नेत्र बहादुर बिसुङ्केको मृत्यु भएको हो ।नेपाल विद्युत प्रधिकरण अन्तर्गतको ११ केभी विद्युत लाईन विस्तारको क्रममा लाईन परिक्षणका लागि उनी पोलमा चढेका थिए । लाईन बन्द नगरि पोलमा चढेका नेत्र बहादुरलाई सोही क्रमा करेन्ट लागेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार