धनकुटामा पेशागत अभिकर्ता संघ गठन


भोजपुर १६ मंसिर ।  धनकुटामा पेशागत अभिकर्ता संघ गठन गरिएको छ । नेपाल लाईफ ईन्स्योरेन्स उप-शाखा कार्यालय धनकुटामा कार्यरत अभिकर्ताहरुको भेलाले दिपेन्द्र निरौलाको अध्यक्षतामा नौ सदस्य संघ गठन गरेको हो । जसको उपाध्यक्षमा मादव श्रेष्ठ, सचिव मुकुन्द्र प्रसाद शर्मा, सह सचिव वेस राज खत्री, कोषाध्यक्षमा मिना देवि राई, सदस्यहरुमा एैतमाया चेम्जोेङ, धन प्रसाद राई,विमला राई, गंगा भट्टराई रहेका छन् । पेशागत संघका केन्द्रिय सचिव रामकुमार वढाथोकीको प्रमुख आतिथ्यता तथा केन्द्रय सदस्य चन्द्रकला सुवेदी र तेज प्रसाद तीवारीको आतिथ्यमा जिल्लामा अभिकर्ता भेलाको आयोजना गरिएको नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा धनकुटाका उप-शाखा प्रमुख श्याम प्रसाद पाहाडीले जानकारी दिए । उनका अनुसार भेलामा विमाको महत्व, आवश्यक्ता र बजार विक्रेता कारोवारमा विस्तृत योजना वनाएर अघिबढ्ने विषय छलफल भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार