षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ : मुख्यमन्त्री राई


भोजपुर, १६ मङसिर ।
प्रदेश नं.-१ का मुख्यमन्त्री शेरधन राईले वालागुरु षडानन्दलाई राष्ट्रिय विभूति  घोषणा गरिनु पर्ने बताएका छन् । वालागुरु षडानन्दको १८५ औ जन्मजयन्तिलाई सम्वोधन गर्न भोजपुरको षडानन्द नगरपालिका आएका राईले षडानन्दको योगदानलाई कदर गर्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्नु पर्ने धारणा राखे ।

षडानन्दलाई राष्ट्रिय विभूति  घोषणा गर्न प्रदेश १ सरकारबाट निर्णय गरेर केन्द्र पठाउने समेत बताए । मुख्यमन्त्री राईले भने‘ षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ तर यसमा ढिला भईररहेको छ, म उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रदेश १ सरकारको क्याविनेटबाट निर्णय गरेर तत्काल केन्द्र सरकारमा पठाउछु ।’

उहाँले प्रदेश १ सरकारको करिब १३ लाख लागतमा बन्न लागेको षडानन्द बहुउद्देयीय धर्मशालाको शिलान्यास गरे । यसले पनि षडानन्दको योगदानलाई कदर गर्न सहयोग पुग्ने उनको भनाई छ । मुख्यमन्त्री राईले भने‘ हामीले षडानन्दको योगदानलाई कदर गर्नुपर्छ, उहाँको योगदानलाई सम्मान स्वरुप यो धर्मशाला निर्माण गर्न लागेको हौ ।’ राणा शासन कालमा षडानन्दले विद्यालय स्थापना गरेर शिक्षाको विकासमा महत्वपूर्ण योगदान दिएको चर्चा गरे । दास प्रथा, सति प्रथा, छुवाछुत प्रथा लगायत प्रथाहरुको विरुद्धमा षडानन्दले आवाज उठाई समाज रुपान्तरणमा ठूलो योगदान पुर्याएको वताए ।

कार्यक्रमलाई प्रदेश १ सभा सदस्य राजेन्द्र कुमार राई लगाएत नेताहरुले सम्वोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार