मुख्यमन्त्री राईद्धारा भोजपुरमा प्रदेशकै सबैभन्दा ठुलो आयोजनाको शिलान्यास(भिडियो सहित)


भोजपुर, १५ मङसिर ।
प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले दुई ओटा आयोजनाको शिलान्यास गरेका छन् । आइबार बालागुरु षडानन्दको १८५ औ जन्मजयन्तिको अबसरमा गृह जिल्ला आएका राईले करिब ३० करोड लागतमा षडानन्द नगरपालिकामा बन्न लागेको लिफ्टसिस्टम खानेपानी आयोजना र षडानन्द बहुउद्देशिय धर्मशालाको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा वोल्दै मुख्यमन्त्री राईले बजेटको कारण काम कुनै पनि बाधा नपर्ने बताए । मुख्यमन्त्री राईले भने ‘ यो प्रदेशकै हाल सम्मको ठुलो खानेपानी आयोजना हो, उक्तभोक्ता समितिका अध्यक्षले बजेटका कारण काममा समस्या हुने होकी भन्ने डर राख्नु भएको छ, त्यसमा चिन्ता गर्नु पर्दैन बजेटको जिम्मा प्रदेश सरकारले लिन्छ । ’
आयोजनाको काम तिव्रगतिमा अघि बढाउन तर्फ ध्यान दिन उनले आग्रह गरे । राईले स्थानीय सरकारले गर्न नसक्ने सवै कामको जिम्मा प्रदेश सरकारले लिने समेत बताए ।‘यस नगरपालिकाको सवै समस्याको विषयमा मलाई राम्ररी थाहा छ, त्यसमा तपाईहरुले बताउनु पर्दैन, कतिपय काम शुरुभएका छन् भने केहि शुरु हुने तयारीमा छन् ।’ उनले भने ।
उत्तरबाट भोजपुर र संखुवासभालाई जोड्ने लम्सुवाघाटमा पुल नभएकोले स्थानीयलाई सास्ती भएको बताउँदै उनले केन्द्र सरकारले निर्माण थालेको पुलको काम अलपत्र बनेकोले त्यसको काम सुचारु गर्न पहल गरिरहेको समेत बताए ।
मुख्यमन्त्री राई भने‘ लम्सुवाघाटमा लामो समय देखि पुल निर्माण अलपत्र छ त्यो मलाई राम्ररी थाहा छ, त्यसको काम शुरु गर्न मैले केन्द्र सरकारसंग पहल गरिरहेको छु, केहि समय अघि मलाई सवै प्रक्रिया मिलेको र चाडै काम शुरु हुन्छ भनेर फोन आएको थियो, अझै काम शुरु भएन अव पनि काम भएन भने त्यो काम प्रदेश सरकारले गर्छ, तर केन्द्रले टेन्डर रद्ध गर्नु पर्यो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार