भोजपुरमा अज्ञात पक्षबाट दुई एक्जाभेटरमा आग्जानी


भोजपुर १५ मङ्सिर ।  भोजपुरमा अज्ञात पक्षले दुईवटा एक्जाभेटरमा आग्जानी गरेका छन् । अज्ञात पक्षले भोजपुर नगरपालिका १२ स्थित प्रतिमा प्रेशा कन्ट्रसन प्रालिको बा २ क ७६९२ नम्वरको स्काभेटरमा पेट्रोल छर्केर आग्जानी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । त्यस्तै टेम्केमैयुङ गाउँपालिका दुई छिनामखुको नौले गाउँमा मध्यपहाडी लोक मार्गमा सडक निमार्णको क्रममा राखिएको गोल्डेन गु्रप शेर्पा कन्ट्रक्सन प्रालिको बा २ क ६६१९ नम्वरको एक्जाभेटरमा शनिवार राति आग्जानी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव कुमार राजवंसीले बताए । आग्जानी कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार