नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा कार्यालय भोजपुरको एजेन्सी सम्मान कार्यक्रम सम्पन्न


भोजपुर १४ मङसिर । नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा कार्यालयभोजपुरको एजेन्सी सम्मान तथा व्यवसायीक छलफल कार्यक्रम सम्पन्न  भएको छ । ईन्स्योरेन्सलेआर्थिक वर्ष २०७५÷०७६ मा उत्कृट काम गर्ने ३० जना एजेन्सी म्यानेजर तथाव्यवसायीक संयोजकहरुलाई सम्मान गरेको हो । सम्मान हुनेमा भोजपुर शाखामा सवै भन्दाराम्रो काम गरेकोमा नवराज श्रैष्ठ पहिलो , अनिल बस्नेत दोस्रो, पुष्प वस्नेततेस्रो, तारानाथ पराजुली चौथो, कमला सुवेदी पाँचौ, प्रमिला खत्री छैटौं र मिङमादिकीसेर्पाले छैटौं स्थान हासिल गरेका छन् । उत्कृठ सवैलाई प्रमाण पत्रको साथमा खादावडाएर सम्मान गरियको नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा कार्यालय भोजपुरका प्रमुखदिपक वस्नेतले जानकारी दिए ।

त्यस्तै भोजपुर शाखालाई सफल बनाउन उत्कृष्ट नेतृत्व प्रदानगरेकोमा पेशागत अभिकर्ता संघ भोजपुरले उपशाखा प्रमुख दिपक वस्नेतलाई सम्मान तथा मायाकोचिनो प्रधान गरेका छन् । त्यस्तै ए यम कोडमा सवैभन्दा बढी  प्रथम विमा सुल्क १ करोड ३४ लाख भन्दामाथी विमासुल्क हाली प्रथम भएकोमा नवराज श्रेष्ठलाई भोजपुर उपशाखाको तर्फ बाट उपशाखाप्रमुख दिपक वस्नेतले मायाकाके चिनो समेत प्रदान गरेका थिए । यस उप–शाखा कार्यालयभोजपुरले जिल्लामा सञ्चालित अन्य विमा कम्पनी भन्दा राम्रो काम गरेर आफ्नो स्थान सवैभन्दा अग्र स्थानमा राख्न सफल भएको उप शाखा प्रमुख वस्नेतले बताए । शनिवार उधोगबाणिज्य संघको सभाहलमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख लक्ष्मण खड्का ,उपप्रमुख अनिशा खड्का भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आले उधोग बाणिज्यसंघका अध्यक्ष ध्रुर्बलाल श्रेष्ठ लगाएको सहभागिा रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार