केरुङ–काठमाडौं रेलमार्ग विस्तृत सम्भाव्यता अध्ययन हुने


काठमाडौं १२ मंसिर । केरुङ–काठमाडौं जोड्ने रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन चिनियाँ खर्चमा हुने भएको छ । डीपीआरका लागि चिनियाँ टोली नेपाल आउने सहमतिसमेत भएको छ ।

केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन भइसकेको छ । अब विस्तृत अध्ययन हुनेछ । सो रेलमार्ग लगानीको मोडालिटी भने टुंगिएको छैन । काठमाडौंमा मंगलबार बसेको नेपाल–चीनका अधिकारीको एक बैठकमा सो निर्णय भएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए ।बैठकमा नेपाली टोलीको नेतृत्व भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले गरेका थिए । चीनले म्यापिङ सर्भे, भौगर्भिक अध्ययनका खर्च बेहोरेर विस्तृत सम्भाव्यता अध्ययन गर्ने सहमति भएको हो । नेपालले वातावरणीय प्रभाव मूल्यांकन र सुरक्षाको जिम्मा पाएको छ ।

रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ । करिब ७३ किलोमिटर लामो रेलमार्गमा ९८।५ प्रतिशत पुल र सुरुङमार्ग हुनेछ । यो निर्माणका लागि करिब नौ वर्ष लाग्ने अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार