विप्लव समूहका जिल्ला सदस्य बम विष्फोट आरोपमा पक्राउ


उदयपुर, ११ मंसिर । ३ महिनाअघि खानेपानी कार्यालय भवनमा बम विष्फोट गराएको आरोपमा खोजी सूचीमा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाका एक जिल्ला कमिटी सदस्य पक्राउ परेका छन्। गत भदौ २ गते जलजले खानेपानी उपभोक्ता समूहको कार्यालयमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा पार्टी जिल्ला सदस्य सिद्धान्त राई मंगलबार दिउँसो ४ बजे पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका १० का ३६ वर्षीय राई विप्लव पार्टीनिकट युवा संघका जिल्ला अध्यक्षसमेत हुन्। उनलाई त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटस्थित बेचु दास चौधरीको घरमा लुकेर बसेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

उनका अनुसार राईमाथि भदौ २ गते त्रियुगा नगरपालिका ६ जलजलेस्थित खानेपानी उपभोक्ता समितिको कार्यालय रहेको वडा कार्यालय भवनमा भएको सिलिण्डर बम विष्फोट घटनामा संलग्न भएको आरोप छ। आरोपित राईलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको एसपी मगरले बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार