चितवनमा ट्याक्टरले किचेर एकको मृत्यु


चितवन,११ मंसिर । भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्र्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोटका ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।प्रहरीका अनुसार गएराति राति ११ बजे ना७त ४७० नं को ट्र्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा ट्र्याक्टरबाट खस्दा रानामगरलाई पछाडिको चक्काले किचेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।चित्तल मारेको अभियोगमा एक पक्राउ चितवन राष्ट्रिय निकुन्जले प्रतिबन्धित जङ्गली जनावर चित्तल मारेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खैरहनी नगरपालिका–१३ का हेमबहादुर ढुङ्गाना रहेको निकुञ्जले जनाएको छ ।

चित्तल मारी परालको टौवामा लुकाइ राखेको भन्ने सूचनाको आधारमा ढुङ्गानालाई पक्राउ गरिएको हो । ढुङ्गानालाई निकुञ्ज सुरक्षार्थ खटिएको टोलीले चित्तल मार्न प्रयोग गरिने खुकुरी, चक्कु र दाउसमेत बरामत गरेको छ । बटुकदल गणको टोलीले ढुङ्गानालाई नियन्त्रणमा लिएर निकुञ्जमा बुझाएको हो ।

प्रतिबन्धित जङ्गली जनाबर मारेको अभियोगमा निकुञ्ज ऐन २०२९ को दफा २६ को उपदफा तीन अनुसार रु २० हजारदेखि ५० हजारसम्म जरिवान र ६ महिनादेखि एक वर्षसम्म कैद सजायको व्यवस्था रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए ।कुमरोज सामुदायिक वन नजिकै घर भएका ढुङ्गाना ढुङ्गानालाई समय थप गरी अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार