उप- निर्वाचन २०७६ : भोजपुरमा एक मतदान केन्द्र र दुई स्थल


भोजपुर,८ मङसिर ।
आगामी मंसिर १४ गते हुने उप–निर्वाचनलाई लक्षित गरी एक मतदान केन्द्र र दुई मतदान स्थल तोकिएको छ । आज जिल्ला न्यायाधिस तथा मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीको संयोजकत्वमा अनुगमन समितिको बैठक मार्फत जानकारी दिईएको हो । बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने निर्णय गरेको छ । मतदान केन्द्र र मतदान स्थलसंगै निवाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएको जानकारी दिए । उनले जिल्ला अदालत भोजपुरका श्रेष्तेदार हरि प्रसाद रेग्मी र अरुण गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत प्रदिप गौतमलाई मतदान अधिकृत तोकिएको जानकारी दिए ।
उनले निर्वाचनमा खटिने कमर्मचारीका लागि आवश्यक तालिम दिइएको बताउँदै निर्वाचनका लागि आवश्यक सामाग्री र मतपत्र जिल्लामा ल्याइसकेको जानकारी दिए।
पौवादुङ्मा गाउँपालिकाको वडा नम्बर १ श्यामशिलामा हुन लागेको उप–निर्वाचनमा एक हजार ६१६ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमा ८९२ महिला र ७७४ जना पुरुष रहेका छन् ।पौवादुङमा १ का तत्कालिन वडाध्यक्ष रुद्ध बहादुर पाण्डेको निमोनीयाका कारण गत साउन १८ गते निधन भएपछि उप निर्वाचन हुन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार