गोरखामा सुविधा सम्पन्न आश्रम बन्दै


गोरखा, ८ मंसिर । गोरखा नगरपालिका–१० छेवेटारमा गण्डकी प्रदेशकै सुविधा सम्पन्न वृद्धआश्रम निर्माण हुने भएको छ।करिब पाँच करोड लगानीमा बन्ने उक्त आश्रमको आईतवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले शिलन्यास गरेका हुन्।२०७८ साउन ३१ गते निर्माण सक्ने गरी आशिषरईको जेभी निर्माण कम्पनीले ठेक्का लिएर काम थालेको शहरी आवास तथा भवन डिभिजन कार्यालय गोरखाका इन्जिनियर अजय श्रेष्ठले बताए।उक्त आश्रम निर्माणका लागि गत वर्षहरुमा पनि बजेट विनियोजन भएको थियो। तर कम बजेट र ठाउँ अभावले काम सुरु हुन सकेको थिएन।

‘वृद्धाहरुको आवासका लागी एउटा भवन, कार्यालय भवन र चौकीदार कक्ष बन्नेछ’ भवन डिभिजन प्रमुख सुरेश खनालले भने, ‘प्रदेश सरकार मातहत बन्ने भएपछि ‘डिजाईन’ मा फेरबदल भएको हो।’ उनले लागत अनुमान पनि पहिले भन्दा कम रहेको जनकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार