भिडियो सहित- भोजपुरमा पनि वैज्ञानिक वन व्यवस्थापन शुरु


भोजपुर, ८ मङ्सिर ।
भोजपुरमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको काम शुरु हुने भएको छ । जिल्लामा रहेका वनलाई व्यवस्थापनसंगै आयमुलक वनाउने उद्धेश्यले डिभिजन वन कार्यालय भोजपुरले वैज्ञानिक वन व्यवस्थापनको कार्य थालनी गर्न लागेको हो ।
भोजपुरको अरुण गाउँपालिकामा रहेको बन्चेर सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम शुरु भएको छ, भने अन्य तीन ओटा वनहरु छनौट प्रक्रियामा रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

तराईका जिल्लाहरुमा यस्तो तरिकाले वन व्यवस्थापन भइरहेको भएपनि भोजपुरमा भने पहिलो पटक शुरु गर्न लागिएको डिभिजन वन कार्यालयको भनाई छ । वनलाई दिगो व्यवस्थापनसंगै वन उपभोक्तामा आयआर्जन जोड्नका लागि कार्यक्रमको थालनी गरिएको हो ।
जसको विषयमा जानकारी दिने लक्ष्यको साथ अन्र्तक्रिया कार्यक्रम समेत गरिएको छ । धेरै सामुदायिक वनहरुमा रहेको काठपात जंगलमा सडेर गएको अवस्थामा वैज्ञानिक वन व्यवस्थापनले वनको संरक्षणसंगै आयआर्जनमा समेत टेवा पुग्ने डिभिजनल वन अधिकृत फडिन्द्र पोखरेलले जानकारी दिए । पोखरेलले भन्ने ‘ मैले यहाँका धेरै वनको अनुगमन गरेको छु, हेर्दा के देखिन्छ त भन्दा वनहरुको उचित व्यवस्थापन भएको छैन्, तर यसको अलवा हामी वैज्ञानिक वन व्यवस्थापनमा गयौ भने यसबाट आर्थिक उर्पाजनमा पनि सहयोग पुग्ने देखिन्छ ।’
वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत जंगलमा रहेका बुढा तथा सडेका काठहरुलाई हटाउने तथा त्यस्ता ठाउँमा नयाँ नर्सरी गर्ने लगाएतका कार्य हुने उनको भनाई छ । वनको व्यवस्थापन भन्नाले रुख मात्र काटेर सखाप पार्ने नभई जंगलको वैज्ञानिक तवरबाट संरक्षण गरिने उनले बताए ।‘ मानिसमा वन व्यवस्थापनको बारेमा जानकारी नहुँदा बुझाई साझामा धाराणा नहुन सक्छ, यो पद्धती भनेको जंगलका रुख काट्ने भन्दा पनि सडेका, ढलेका कुहिएका तथा बुढा रुखलाई हटाएर साना विरुवालाई हुर्काउने नै हो ।’ पोखरेलले भने ।
यस्तो प्रविधिको व्यवस्थापनले वनलाई भावी पुस्ता सम्म पु¥याउन सहयोग हुने वताईएको छ । तर सरोकारवाला पक्षले भने यो कार्य रामो भएपनि व्यवस्थापनका नाममा काठ तस्करी पनि वढ्ने भन्दै त्यस तर्फ उपभोक्ता सजक तथा अग्रसर हुने पर्ने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रिय सदस्य सविना राईले सुन्दा सजिलो भएपनि कार्यान्वयनमा समस्या हुन सक्न बताईन् ।  राईले भनिन् ‘ यो राम्रो काम हो तर कार्यविधि अनुसार अगाडी बढ्न सकिएन भने यसले समस्या पनि सृजना गर्न सक्छ, यस अघि पनि सामुदायिक वन उपभोक्ताहरुले वनको संरक्षण तथा विकास र विस्तार गरेका छन्, तर अहिले आएर रुखहरुलाई काट्दा उनिहरुमा कस्तो धारणा आउला यसलाई पनि बुझ्न आवश्यक छ , उनीहरुलाई उचित जानकारी दिनुपर्छ । ’

कार्यक्रम शुरु गर्दा यसको महत्व तथा विषेशताको विषयमा स्थानीय स्तर सम्म जानकारी दिन आवश्यक रहेको जानकारहरुले बताएका छन् । जिल्लामा पाँच सय बढी सामुदायिक वन रहेको भएपनि आयमुलक हुन नसकेको उनीहरुको भनाई छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ भोजपुरका अध्यक्ष राजन राईले भने ‘ यो धारणा राम्रो छ, वन भनेको हेरेर वस्नलाई मात्र राख्ने होइन, यसलाई उपभोक्ताको आयआर्जनसंग पनि जोड्नु पर्छ तर व्यवस्थापन भन्दैमा वन सखाप बनाएर ठेकेदारलाई मात्र त लाभ हुँदैन?’ राईले कार्यक्रम शुरु गर्दा सवै सरोकारवालाको रोहवरमा हुनु पर्ने बताए । ‘कतिपय ठाउँमा रुख सवै काटेर हलोले जोतेर वोट विरुवाको विउविजन लगाएको देखेका छौ, पक्कै पनि यो वैज्ञानिक वन व्यवस्थापन होइन होला, त्यसैले यसलाई प्रभावकारी बनाउन हामी सबै जिम्मेवार हुन आवश्यक छ । ’ अध्यक्ष राईले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार