गाडी बुझाएपछि ट्याक्सी चढेर घर फर्किए गोकर्ण विष्ट


काठमाडौं, ५ मंसिर । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर घर फर्किएका छन् ।नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन गएका सिंहदरवार पुगेका मन्त्री विष्ट सिंहदरवार गेटवाट ट्याक्सि चढेर घर फर्किएका हुन् । पूर्वमन्त्री विष्टले मन्त्री हुँदा लिएको गाडी बिहीबार विहानै फिर्ता गरेका थिए ।केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि मन्त्री नियुक्त भएका मन्त्री विष्टले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने प्रयाश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार