इटहरीमा एक महिलाको शव फेला


इटहरी, २ मंसिर । इटहरीमा एक महिलाको शव व्यवारिसे अवस्थामा फेला परेको छ । इटहरी ४ को बुढिखोलाको किनारमा सोमबार सडिएको अवस्थामा शव फेला परेको हो ।प्रहरीका अनुसार अन्दाजी २५३० वर्षकी महिलाको खोलाको छेउमा कास घारीमा रहेको उक्त शवको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । स्थानियले शव देखेपछि इलाका प्रहरी कार्यलय इटहरीलाई खबर गरेका थिए । खबर लगत्तै प्रहरी घटना स्थलमा पुगी अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार