
टिकाराम बस्नेत युएई अललेन , ३२ जेठ । भोजपुर हातेमालो सेवा समाज युएईको अबुधाबी क्षेत्रीय अधिबेसन सम्पन्न भएको छ । समाज युएईका केन्द्रिय अध्यक्ष भीम थापाको अध्यक्षता साथै संस्थाका प्रमुख सल्लाहकार ज्ञानेन्द्र बहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो प्रथम अबुधाबी क्षेत्रीय अधिबेसनले दीपक थापा मगरको अध्यक्ष तामा १३ सदस्य तथा दुई क्षेत्रीय सल्लाहकार सहित नयाँ कार्य समिति निर्वाचित छ ।
कार्यक्रम मा संस्था का प्रमुख सल्लाहकार ज्ञानेन्द्र बहादुर राई,संस्था का केन्द्रिय महासचिव राम कुमार तिरुवा ,केन्द्रिय उपाध्यक्ष विमल लामिछाने ,केन्द्रिय कोषाध्यक्ष अस्मी तामाङ्ग लगायत ले मन्तब्य राखेका थिए ।
अबुधाबी क्षेत्रीय अधिबेसन ले अध्यक्ष मा दीपक थापा,मगर उपाध्यक्ष राजिन राई ,महिला उपाध्यक्ष गीत बराइली ,श्याम विसी सचिव ,युवा राज तिवारी सहसचिव ,दिनेश लुहार कोषाध्यक्ष ,रमेश विक सहकोषाध्यक्ष र सदस्यहरु , योगेन्द्र थापा , विरिन्दा राई, रामजी बस्नेत, पेमा शेर्पा थापा मगर,टेक बहादुर तिरूवा तथा सल्हाकार हरु टीका राम बराईली, नारायण खिम्बुले राई लाई निर्वाचित गरेको छ
संस्थाका प्रमुख सल्लाहकार तथा अधिबेसनका प्रमुख अतिथि ज्ञानेन्द्र बहादुर राई ले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए।
अन्तमा अधिबेसन लाई सम्बोधन गर्दै संस्थाका केन्द्रिय अध्यक्ष भीम थापा ले आफ्ना सबै विचार , मान्यता र निश्चित सामुदायिक घेरा बाट माथि उठेर युएई मा रहेका सम्पूर्ण भोजपुरे को पक्ष मा निस्वार्थ ढ्ङ् ले काम गर्ने प्रतबद्धता का साथ भोजपुर हातेमालो सेवा समाज युएई मा प्रवेश गर्न आग्रह गर्दै नयाँ कार्य समिति लाई संस्था को विधान लाई आत्मसाथ गर्दै काम गर्न आग्रह सहित बधाई तथा शुभकामना दिँदै कार्यक्रम को समापन गरेका थिए।