बालिका बलात्कारको अरोपमा भोजपुरका सन्तोष सहित अर्का एक पक्राउ


भोजपुर,८ माघ ।
वालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको साल्पासिच्छो गाउँपालिकाका २५ वर्षीय सन्तोष राई र संखुवासभाको चिचिला गाउँपालिकाका २२ वर्षीय अमित भनिने टीकाराम विक  रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए।

प्रहरीले विकलाई चिचिला गाउँपालिका–५ र राईलाई संखुवासभाको सिलिचोङ गाउँपालिकाको बालाबाट प्रक्राउ गरिएको जनाएको छ। पक्राउ परेका दुई जनाले बालिकालाई बलात्कार गरेको आरोप छ।

पक्राउ परेको विक जिल्ला अदालत चैनपुरको आदेशमा कारागार चलान भएका छन्। राईमाथि भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार