हतुवागढी सडक दुर्घटनाः घाइतेहरुको अवस्था बुझ्न मुख्यमन्त्री राई अस्पतालमा


विराटनगर, २७ पुस ।
गत २२ गते भोजपुरको हतुवागढी गाउँपालिका ४ खैराङ स्थित सिरवानीमा ल्याण्डलोभर दुर्घटनामा परी घाइते भएकाहरुको अवस्था बुझ्न प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुग्नु भएको छ ।

 

आज अपरान्ह प्रतिष्ठानमा पुगेर मुख्यमन्त्री राईले उपचाररत घाइतेहरुको अवस्थाको बारेमा जानकारी लिनु भएको हो । दुर्घटनामा परी ११ जना घाइते भएका थिए ।

अब प्रतिष्ठानमा चार जना घाइतेहरु उपचाररत छन् । घाइतेहरुको अवस्थाको बारेमा प्रतिष्ठानका पदाधिकारी र चिकित्सहरुले मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए । पछि घाइतेहरुलाई भेट्न वार्डमा नै मुख्यमन्त्री राई पुग्नु भएको थियो ।
देशको न्यूजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार