अरुण गाउँपालिकाले वुझायो ‘मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र’


भोजपुर,२५ असार ।
भोजपुरको पुर्वी अरुण गाउँपालिकाले प्रदेश सरकारले वजेट विनियोजनमा विभेद गरेको भन्दै मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र वुझाएको छ ।

गाउँपालिका अध्यक्ष गजेन्द्र कार्की उपाध्यक्ष विनिता ढकाल सहितको टोलीले मुख्य मन्त्रीलाई प्रदेश नम्वर एककोे कार्यालयमा पुगेर ज्ञापन पत्र वुझाएको हो ।

जिल्लाका अन्य स्थानिय तहको तुलनामा आफ्नो गाउँपालिकामा रकम विनियोजन नगरिएको भन्दै मुख्य मन्त्रीलाई ध्यानकर्षण पत्र वुझाएको गाउँपालिका अध्यक्ष गजेन्द्र वहादुर कार्कीले जानकारी दिए ।

यस अघि गाउँपालिकाले १७ ओटा योजनाको लागि प्रदेश सरकारलाई १ अर्व ३ करोड वरावरको रकम माग गरेको थियो । तर १७ ओटा योजना मध्ये कुनै पनि योजनामा रकम विनियोजन नभए पछि प्रदेश सरकारलाई ज्ञापन पत्र वुझाएको गाउँपालिकाले जनाएको छ । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार