
भोजपुर, २८ चैत्र ।
भोजपुरको पूर्वी अरुण गाउँपालिका– ५ याकुमा नव निर्मित स्वास्थ्य चौकी भवनको उद्धघाटन गरिएको छ । भवनको वुधवार एक कार्यक्रमका विच प्रतिनिधि सभा सदस्य तथा कार्यक्रमका प्रमुख अथिति सुदन किरातीले उद्ध्घाटन गरेका हुन् ।
भवन नेपाल सरकारको आर्थिक सहयोग तथा सहरी विकास भवन निमार्ण विभाग क्षेत्रीय कार्यालय धनकुटाको प्राविधीक सहयोगमा भवन निमार्ण गरीएको हो । तीन करोडको लागतमा बनेको २ तले भवनमा १६ वडा कोठाहरु रहेका छन् ।
४ वर्ष अगाडिबाट निमार्ण सुरु गरएिको भवनमा खोप, सुरक्षित मातृत्व, भिडियो एक्सरे लगाएतका सेवा सञ्चालन भइरहेको जिल्ला जन स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख डाक्टर त्रिभुवन चन्द्र झाले वताए ।
सोही कार्यक्रम मार्फत गाउँपालिकाले उक्त स्वास्थ्य चौकीमा बत्ति जडानका लागि एक लाख रुपैंया दिने निर्णय भएको गाउँपालिका अध्यक्ष गजेन्द्र कार्कीले जानकारी दिए ।

















