काठमाडौं ९ , माघ। माओवादी केन्द्रले रामबहादुर थापा र दीननाथ शर्मालाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ ।
माओवादी शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले राष्ट्रियसभाका १३ उम्मेदवार चयन गरेको छ । बादल प्रदेश ३ को खुला सदस्यको उम्मेदवार बनेका छन् भने पूर्वमन्त्री शर्मा प्रदेश ४ बाट खुला सदस्यको उम्मेदवार बनेका छन् ।
को को भए उम्मेदवार प्रदेश १ विना पोखरेलः महिला सदस्य, प्रदेश २ शशीकला दाहाल, महिला सदस्य. प्रदेश ३ , रामबहादुर थापा बादल, खुला सदस्य, गंगा पराजुली, महिला सदस्य
प्रदेश ४ दीननाथ शर्मा, खुला सदस्य खिमकुमार विक, दलित सदस्य, प्रदेश ५ राजकुमार कुँवर, अल्पसंख्यक तथा अपाङ्ग सदस्य
चन्द्रबहादुर खड्का, खुला सदस्य
प्रदेश ६, जीवन बुढा, अल्पसंख्यक तथा अपाङ्ग सदस्य, युटुल लामा, महिला, कालीबहादुर मल्ल, खुला सदस्य , प्रदेश ७, लालीराम लोहार, दलित सदस्य, हरिराम चौधरी, खुला सदस्य